भैरहवामा राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षण सुरु

बिज्ञापन

भैरहवा – आगामी हप्तादेखि हङकङमा हुने चारदेशीय टी–२० सिरिजका लागि रुपन्देहीको भैरहवामा नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा बुधबारदेखि बन्द प्रशिक्षण सुरु भएको हो ।

बिज्ञापन
रोहितकुमार पौडेलको कप्तानीमा रहेको राष्ट्रिय क्रिकेट टीमलाई नेपाली टीमका प्रशिक्षक ज्ञानेन्द्र मल्लले प्रशिक्षण गर्नेछन् । भैरहवामा पहिलोपटक राष्ट्रिय टीमको प्रशिक्षण भएको हो ।
बिज्ञापन

बन्द प्रशिक्षणमा आएका खेलाडीहरुलाई रुपन्देही क्रिकेट संघले बुधबार स्वागतसहित आगामी सिरिजका लागि सफलताको शुभकामना व्यक्त गरेको छ । संघका अध्यक्ष हरि बहादुर थापाले खानपिन र अनुशासनमा रहेर खेले अहिलेको राष्ट्रिय टीमका सदस्यहरुले अझै १० वर्ष खेल्ने विश्वास व्यक्त गरे । उनले राष्ट्रको शिर उचो गराउने गरी खेल खेल्न शुभकामना दिए । बन्द प्रशिक्षणमा रहँदा मिहिनेत गर्न उनले आग्रह गरे । ‘तपाईंहरु राष्ट्रका गहना हो’, उनले भने–‘त्यसैले तपाईंहरुले सफलता पाउँदा होस् वा नपाउँदा होस् सबै नेपालीहरु साथमा छन् । यसपटक सफलता हात पर्नेमा हामी विश्वस्त छौं ।’

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले नेपालको क्रिकेटले पछिल्लो समय गरेको प्रगति गर्व गर्न लायक रहेको जनाए । उनले राष्ट्रभक्ति र राष्ट्रियतालाई आत्मसाथ गरेर क्रिकेट खेल्न आग्रह गरे । ‘तपाईंहरु मैदानमा खेलिरहँदा हाम्रो छाती गर्वले फुलिन्छ, छाती ढुकढुक हुन्छ, हाम्रा खेलाडीले जिते हुन्थ्यो भन्ने हुन्छ’, उनले भने, ‘त्यसैले सधै मिहिनेत गर्नुस्, राष्ट्रप्रेम यहाँहरुलाई थाहा छ, क्रिकेटको महत्व बुझ्नुभएकै छ ।’ उनले हङकङको सिरिज जितेर आउन शुभकामना दिए ।

प्रशिक्षक ज्ञानेन्द्र मल्लले हङकङमा हुने सिरिज यसपटक नेपाल ल्याउने लक्ष्य रहेको जनाए । उनले टिम एकजुट भएर सबै नेपाललाई एकै ठाउँमा बाँधी खुशी तुल्याउने गरी खेलाडीहरुले खेल प्रदर्शन गर्ने विश्वास जनाए । राष्ट्रिय टीमका कप्तान रोहित कुमार पौडेलले टिमले एकजुट भएर राम्रो प्रदर्शन गरी सिरिज जित्ने लक्ष्य राखेको बताए । उनले भर्खरै प्रधानमन्त्री कप सम्पन्न भएकाले त्यसबाट धेरै खेलाडीहरुको अभ्यास समेत भएकाले जतिसक्दो राम्रो गर्ने आफूहरुको लक्ष्य रहेको जनाए ।

नेपाल क्रिकेट संघ क्यान छनोटमा परेका २० जना खेलाडीहरु बन्द प्रशिक्षणमा सहभाी छन् । हङकङमा हुने चारदेशिय सिरिजपछि नेपाटी टिम आगामी जुनमा स्कटल्याण्डमा घरेलु टोली र नेदरल्याण्ड्ससँग लिग टु को चौथो सिरिज खेल्नेछ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand. Photo of the Remarkables mountain range in Queenstown, New Zealand. Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुमा रोहित कुमार पौडेल, कुशल भूर्तेल, आशिफ शेख, किरणकुमार ठगुन्ना, लोकेश बम, बसिर अहम्मद, दीपेन्द्र सिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, कमलसिंह ऐरी, नन्दन यादव, रिजन ढकाल, गुलसन कुमार झा, अर्जुन घर्ती, कुशल मल्ल, रुपेश सिंह, दीपेन्द्र रावत, साहब आलम र विवेक यादव छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
अरूसँग बाँडेर माया फैलाउनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *